|

काठमाडौं : सरकारले कोरोना भाइरसले धनी गरिब भनी नछुट्याउने भन्दै संक्रमणबाट सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सर्वसाधरणलाई यस्तो आग्रह गरेको हो।

बाहिर जाँदा वा परिवारमा पनि स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने उनले बताए। उनले भने,‘कोरोनाले धनी,गरिब भनेर छुट्याउँदैन। त्यसैले सबै सचेत रहैँ। सचेत भएमा केही कोरोना जोखिम कम हुने छ।’ उनले मन्दिर तथा बाहिर धेरै भीडभाड नगर्न पनि आग्रह गरे।

‘घरमा पनि आफ्नो परिवारसँग कोरोनाबारे सोचीरहेका हुन्छौँ। के हामी अनिवार्य मास्क लगाएका छौँ? सामाजिक दूरी कायम गरेका छौँ? के बस्तु छोएपछि साबुन पानीले मिचीमिची हात धोएका छौँ? आज हामी यो प्रश्न गरिरहेका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.