|

काठमाडौं :  मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गरेपछि मात्र चुनाव सुनिश्चित हुने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गच्छदारले चुनाव घोषणा हुनु स्वागतयोग्य भएपनि त्यसमा असन्तुष्ट पक्षको पनि सहभागिता सुनिश्चित गर्न संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुनुपर्ने बताएका हुन्। 'सरकारले वैशाख ३१ गते चुनाव घोषणा गर्‍यो यो अत्यन्तै सकारात्मक छ। यसलाई सफल बनाउन सबै लाग्नुपर्छ' उनले भने 'मधेसी, थारु, आदिवासी जनजाति सबैलाई सहभागी गराएर शान्तिपूर्ण ढंगले चुनाव गर्न विधेयक परिमार्जन सहित पारित हुनुपर्छ।'

उनले संविधान संशोधन विधेयकलाई प्रक्रियामा ल्याउने मात्र नभई त्यसलाई पारित गर्ने सुनिश्चित गर्नुपर्ने पनि बताए। संविधान संशोधन विधेयक पारित हुने सुनिश्चित नभएसम्म चुनाव पनि सुनिश्चित नहुने नेता गच्छदारको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Madhesi bhanne haru le tharoo haru la kina bich ma hale ka xan khash bhanne ho tharoo la madhesi bhanne harule tharoo la afno gulam samjhe ka xan tini haru ko galat femi bat tharoo mukta hunu parx tharoo hut ko naam liyer madhesi jo bihar hudai nepal paseka parti ho tharoola gumraha banayeka xan