|

काठमाडौं : स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिनदिनै संक्रमितको संख्या बढिरहेकोले यसबाट जोगिन व्‍यक्ति आफैँ सतर्क रहनुपर्ने बताएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार उनले कोरोना संक्रमण यसैगरी फैलिने र हामी आफैँ सतर्क नरहेमा उपचारका लागि काठमाडौंमा अस्पतालको बेडसमेत नपाइने अवस्था आउन सक्ने बताए।

कार्यक्रममा उनले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरे। गर्नैपरेको अवस्थामा भर्चुअल बैठक गर्न उनले अपिल गरे।

यस्तै, भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रहसमेत गरे।

उपत्यकालगायत घनाबस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ।

संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्‍याउन उनले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.