ल्याबको क्षमता पनि वृद्धि गर्दै

|

काठमाडौं : सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब ४ हजारमै पिसिआर परीक्षण गर्ने भएको छ। विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीमा परीक्षणको दायरा बढाउँदै छिटोभन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी मिलेको म्यानेजमेन्टले जनाएको छ।

प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा ४ हजारमा नै आरटी पिसिआर परीक्षण गर्न सकिने देखिएपछि शुल्क घटाएको ल्याब प्रमुख विके भण्डारीले बताए। उनका अनुसार महामारीको यो अवस्थामा जनताको सेवालाई ध्यानमा राख्दै ल्याब खर्च समावेश हुनेगरी मात्र शुल्क राखिएको हो।

१५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको यस ल्याबले करिब ५ घन्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधालाई तीव्र बनाउँदै ४ घन्टामै रिपोर्ट लिन सकिनेगरी काम गरिरहेको म्यानेजमेन्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ‘हाम्रो प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२ सयभन्दा बढी छ। सरकारले अनुमति दिएसँगै हामीले यसअघि प्रतिटेष्ट ४५ सय का दरले गर्ने भनेर मूल्य तोकेका थियौं।’

जारी विज्ञप्तिमा जनाइएको छ, ‘हाम्रो प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा रु ४ हजारमा नै आरटी पिसिआर परीक्षण गर्न सकिने देखिन आएको छ।’

अन्तर्राष्ट्रिय बजारमै कोरोना परीक्षणका लागि प्रयोग हुने किटलगायत वस्तुको भारी गिरावट आइरहेकोले सरकारले तोकेको अधिकतम मूल्यभन्दा १५ सय रुपैयाँ सस्तोमा परीक्षण गर्ने तयारी कम्पनीले गरेको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.