|
फाइल फोटो

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। विशेष कारण जनाउँदै बैठक आइतबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बिहीबार दिउँसो ३ बजेका लागि निर्धारण गरिएकोे बैठक स्थगित गरिएको हो।

सभामुख अर्जुन थापाका अनुसार बिहीबार प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्बोधनको कार्यक्रम तय गरिएको थियो। मुख्यमन्त्री भट्टले अन्तिम समयमा आएर सम्बोधन गर्न तयारी नपुगेको भन्दै टारेका कारण बैठक स्थगित गरिएको हो। 

मुख्यमन्त्री भट्टले प्रदेश सभामा सम्बोधन गर्न लगातार अस्वीकार गर्दै आएका छन्। अघिल्लो बैठकहरूमा प्रतिपक्ष दलहरुले मुख्यमन्त्रीबाट जवाफ माग गरेका थिए। यस्तै सत्तापक्षकै सासंदहरुले पनि प्रदेश सरकार सुस्त भएको र प्रदेश सरकारबारे सोच्नुपर्ने बेला आएको भन्दै प्रदेशसभामा सरकारको चर्को आलोचना गरेका थिए। 

साउन २० गते बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले पनि मुख्यमन्त्री भट्टलाई सभामा सम्बोधन गर्न निर्णय गरेको थियो। तर मुख्यमन्त्री भट्टले भने सभामा जवाफ दिन अस्वीकार गरिरहेको छन्। प्रदेश सभाको अर्को बैठक साउन २५ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.