|

रुकुम : मध्यपश्चिम रुकुम व्यापारिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। रुकुम उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन १२ गतेदेखि २१ सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र रुपमा भैरहेको आयोजकले जानकारी दिएको छ।

महोत्सव मुल आयोजक समितिले सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलन आयोजना गरि स्टल बुकिङ, प्रचारप्रसार, गेट निर्माण लगायत काम अन्तिम चरणमा पुगेको जानकारी दियो। पहिलो पटक सञ्चालन गरिएको महोत्सवले जिल्लाको कृषि, पर्यटन, जडिबुटी तथा व्यापार प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ।

रुकुमको बराहटाकुरमा हुने महोत्सवमा हेलिकप्टरबाट रुकुमका पर्यटकीय क्षेत्रको दृश्यअवलोकन समेत गर्ने व्यवस्था मिलाइएको मुल आयोजक समिति संयोजक टेक बहादुर पुनले जानकारी दिए। उनले महोत्सव आयोजका लागि विभिन्न उपसमितिहरु गठन भैसकेको बताए। 

आयोजक समितिका अनुसार महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जा मन्त्री जनार्दन शर्मा, खेलकुद मन्त्री दलजित शिर्पाली रुकुम आउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.