|

इलाम : सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत सम्भार गरेर फर्किएका ११ जना कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका एक हप्ता सिल गरिएको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । वडा नं २ र ४ को सिमानामा पर्ने माइखोलामा रहेको हाइड्रो पावरमा मर्मतका लागि कर्मचारीहरु २ हप्ताका लागि सन्दकपुर आएका थिए।

उनीहरु मावुस्थित तीनकुनेमा रहेको होटलमा ६ दिन बसेर काठमाडौं फकिएका सन्दकपुर गाउँपालिकाले जनाएको छ। पिसिआर टेस्टका क्रममा सबैमा कोरोना देखिएपछि समुदायमा फैलन नदिन साउन २२ गते राती १२ बजेबाट अर्को निर्णय नभएसम्म सिल गरिएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिए।

गाउँपालिकाले अन्तर स्थानीय तह, वडाहरु जोडने सीमा नाका सिल गर्नुका साथै हाटबजार, बजार क्षेत्र सरकारी तथा गैर सरकारी कार्यालयहरु, यातायात र शैक्षिक संस्था बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए।

त्यसैगरी सूर्योदय नगरपालिका–११ आइतबारेका ३३ वर्षीय सशस्त्र प्रहरीमा कोरोना देखिएपछि बजार क्षेत्र सिल गरिएको छ । नगरपालिकाकाले कोरोनाको जोखिम न्यूनीकरणका लागि आजबाट लागु हुने गरी सबै क्षेत्रमा लकडाउनसमेत लगाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.