|

काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६२ हजार १ सय ७० जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २० लाख २५ हजार ४ सय पुगेको हो। 

थप ८ सय ९९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ । यस्तै, अमेरिकामा संक्रमितको संख्या ५० लाख नाघेको छ। ५५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५० लाख २८ हजार ८ सय पुगेको हो। २४ घण्टामा ११ सय २८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ६२ हजार ७ सय २९ पुगेको छ। 
ब्राजिलमा ५४ हजार ८ सय नयाँ संक्रमित थपिएका छन् भने १२ सय २६ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ९८ हजार ६ सय ४४ पुगेको छ। 

दक्षिण अफ्रिकामा ८ हजार, मेक्सिकोमा ६ हजार र रसियामा ५ हजार नयाँ संक्रमित थपिएका छन्। मेक्सिकोमा ८ सय २९, दक्षिण अफ्रिकामा ३ सय ६ र रसियामा १ सय १६ जना संक्रमितको मृत्यु भएको छ। 

विश्वभर कूल संक्रमितको संख्या १ करोड ९२ लाख २३ हजार नाघेको छ भने ७ लाख १६ हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ। १ करोड २३ लाख ४५ हजार बढी संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.