|

दमक : नेपाल पत्रकार महासंघ झापाका शाखाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन्। मंगलबार सकिएको मतगणना अनुसार उनका प्रतिद्वन्द्वी गोपाल काफ्लेलाई १३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १२९ मत प्राप्त गरे।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, संघीय प्रेस फोरम लगायत दश संगठनको तर्फबाट सापकोटाले अध्यक्षको उम्मेद्वारी दिएका हुन् भने काफ्लेले प्रेस चौतारीका तर्फबाट उम्मेद्वारी दिएका हुन्। काफ्लेले ११६ मत प्राप्त गरे। कार्य समितिमा समावेशी प्यानलकै बर्चश्व रह्यो।

यस्तै खुल्ला तर्फको उपाध्यक्षमा समावेशी प्यानलका एकराज गिरीले १ सय ५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी गोपाल झापालीले ९४ मत प्राप्त गरे। यस्तै महिला तर्फको उपाध्यक्षमा समावेशी प्यानलकी लिला अनमोललाई पराजित गर्दै भीमाकुमारी शिवाकोटी विजयी भइन्। उनले कुल १४८ मत प्राप्त गरिन् भने अनमोलले ९२ मत प्राप्त गरिन्।

यस्तै सचिवमा समावेशी प्यानलका गिरिराज भट्टराईलाई पराजित गर्दै चौतारीका सन्तोष आचार्य विजयी भए।  आचार्यले १२३ र भट्टराईले ११८ मत प्राप्त गरे। यस्तै खुल्ला सहसचिवमा केशव भट्टराई र समावेशी सहसचिवमा इन्द्रजित मुखिया विजयी भए। कोषाध्यक्षमा ईश्वर अधिकारी विजयी भए।

यस्तै कार्यसमिति सदस्यहरुमा शुष्मा राजवंशी, रञ्जित परियार, अनिलदेव राई,उत्तम नेपाल, देवु बानियाँ, विनोद सापकोटा, पार्थ मण्डल, रञ्जित प्रसार्य, रमेश तिवारी, लक्ष्मि काफ्ले, लिलाराज झापाली र सुशिला संग्रोला बिजयी भएक।

यस्तै २० जना केन्द्रिय पार्शदमा तीर्थ सिग्देल, पर्वत पोर्तेल, कृष्ण हुमागाई भीम नेम्वाङ, इन्द्रसिंह राजवंशी, राजु अधिकारी, राजेन्द्र गौतम, विशाल नेम्वाङ, सुरेन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, रमेश समदर्शी, चिन्तामणि दाहाल, चेतन अधिकारी, डिकेश लामा, गोविन्दचन्द्र क्षेत्री, दिपेन राई, सुब्रत न्यौपाने, गोपाल गड्तौला र गोपाल गिरी चयन भएका छन्। यस्तै महिला केन्द्रीय पार्शदमा अम्बिका भण्डारी, इन्दु पुर्वेली, रुमा राजवंशी, गंगा बराल, तलु बास्के, स्वस्तिका आचार्य, रेजिना रोदेन (गौतम) निर्वाचित भएका छन्।

प्रदेश पार्शदका लागि झुलन रेग्मी, अर्जुन राजवंशी, हिमाल चन्द्र खरेल, रोहित काफ्ले, होमप्रकाश अधिकारी, भूपाल लुईटेल, द्रोण अधिकारी, राजु पौड्याल, चन्दा बराल, अर्जुन बस्नेत, तुलसी निरौला, राजु पाठक, उत्तम रिजाल, अमित कुमार साङ्पाङ, ओम प्रकाश भट्टराई, निरज अग्रवाल, प्रकास उप्रेती, रिपेश पुडासैनी, गीताकुमारी ढुंगाना,  छविलाल दवाडी, मिनप्रकाश उप्रेती, नरेन्द्र ढकाल, नेत्र पाठक, उर्मिला गौतम निर्वाचित भएका छन्। त्यस्तै पारस आचार्य, विश्व थापा, गोपिचन्द्र पोखरेल (गोपिन), प्रदिप परियार, कमला श्रेष्ठ, रश्मीशेखर सुवेदी, सागर गौतम, उमनाथ भण्डारी, उमेश राउत, गोपीचन्द्र मिश्र र सन्तोष अग्रवाल पनि प्रदेश पार्शदमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.