|

सर्लाही : कोरोना भाइरस संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत बुधबारदेखि आगामी मंगलबारसम्म निधेषाज्ञा जारी गरेको छ। निषेधाज्ञाले सर्लाहीका बजारहरु सुनसान बनेका छन्।

सदरमुकाम मलंगवासहित प्रमुख बजारहरु लालबन्दी, हरिवन, बरहथवा, बयलवास, नवलपुर सुनसान बनेका छन्। पसल तथा होटलहरु पनि अत्यन्त कम खुलेका छन्। चोक चौराहामा मानिसहरुको चहलपहल छैन। सडकहरुमा सार्वजनिक र निजी सवारी साधनको चहलपहल ह्वात्तै घटेको छ।

साउन २१ देखि २७ सम्मका लागि अत्यावश्यकबाहेकका काम तथा आवतजावतमा रोक लगाइएको छ। समुदायमै कोरोना संक्रमण फैलिएको शंकामा तत्काललाई अत्यावश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.