|

नेचासल्यान गाउँपालिका सोलुखुम्बुका आठ स्थानीय तहमध्ये एक हो । समुद्री सतहदेखि ४ सय मिटरको उचाइदेखि सगरमाथाको दृश्य अवलोकन गर्न सकिने डाँडासमेत रहेको यस गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको छ।

यस वर्ष विनियोजन भएको बजेट तथा कार्यक्रमले समृद्ध गाउँपालिका निर्माणको लागि गाउँपालिकको प्रयास र चुनौतीबारे गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलासँग थाहाकर्मी भोजराज कार्की गरेको कुराकानीको सम्पादित अंश :

समृद्ध नेचासल्यान निर्माणका लागि यस वर्षको बजेटले कसरी सम्बोधन गर्छ?

समृद्ध, विकसित गाउँपालिका बनाउनको लागि यस वर्षको बजेट कोशेढुंगा सावित हुनेछ। जसको लागि बजेटलाई व्यवस्थापन गर्ने, विगत सालमा नसकिएको कामलाई निरन्तरता दिने, कोही बेरोजगारहरुलाई रोजगार प्रदान गर्नको लागि रोजगार कोष स्थापना गरेको छ। मनोरञ्जन पार्क निर्माणका लागि जग्गाको खोजी तथा डिपिरआर तयार भइरहेको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण गर्नको लागि डेढ करोडभन्दा माथि कोष खडा गरिएको छ। घरमा नभई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने वातावरण बनाउनको लागि सुत्केरीहरुलाई  यातायात खर्चबापत २ हजार रुपैया प्रदान गर्नेगरी बजेट ल्याइएको छ।

शिक्षा, स्वास्थ्य, पर्यटन लगायतलाई कसरी सम्‍बोधन गरेको छ?

शिक्षातर्फ विद्यालय सञ्चालन गर्ने स्थिति नआउने हो कि नन्ने पनि छ त्यसैले पठनपाठन नरोकियोस् भनेर वैकल्पिक शिक्षा कोषको स्थापना गरेका छौ। एफ एम रेडियो तथा रिड नेपाल जस्ता संघसंस्थासंग सहकार्य गर्ने गरी कोष स्थापना गरेका छौँ। यो वर्ष नेचासल्यान गाउँपालिकाको सबै क्षेत्रमा ट्रयाक ओपन गरिसक्ने योजना छ भने अर्को बर्ष देखि त्यसलाई व्यवस्थापन गर्न तर्फ लाग्ने, तुइन्टार लघुजलविद्युत आयोजनाको सफल परिक्षण पछि वितरण गर्ने, व्यावस्थापन गर्ने, केन्द्रीय प्रसारण लाइन जोड्दै यो वर्ष उज्यालो गाउँपालिका बनाउने योजना रहेको छ।

गाउँपालिकाको पहिलो प्राथमिकता के हो?

बजेटको आधारमा हेर्दा पूर्वाधार विकास अगाडि भएता पनि हाम्रो  पहिलो प्राथमिकता सामाजिक क्षेत्रमा रहेको छ। शिक्षा स्वास्थ्य हो भने दोस्रोमा कृषि र तेस्रोमा पूर्वाधार विकासलाई राखिएको छ। त्यसभित्र के के पर्छन्?

शिक्षाको क्षेत्रमा सर्सत क्षेत्रमा आउने बजेट नतोकिएको तर नदेखिएका तर गाउँपालिकाले गर्नै पर्ने काम गर्ने, गाउँशिक्षा निर्माण योजना, शिक्षक विद्यार्थीको लागि डायरी निर्माण, वैकल्पिक शिक्षा, आधारभूत तहलाई व्यवस्थापनको काम गर्ने, स्वास्थ्यतर्फ डिजिटल एक्सरे किन्नको लागि प्रस्ताव पेश  गरिएको छ। बिरामीहरु धाएर अन्यन्त्र असपताल, शहरसम्म धाउनुपर्ने भएकाले यस्तो स्थिति अन्त्य गर्नको लागि गाउँमा नै व्यवस्थित अस्पताल निर्माण गर्ने,  बालबालिकाहरुलाई खोपमा केन्द्रित गर्ने, नेपाल सरकारबाट महिला स्वयंसेविकालाई हिँडेबापत केही नभएकाले गाउँपालिकाले चिया खाजा खर्चको व्यवस्था गर्ने रहेको छ।

सामाजिक विकासको क्षेत्रमा ३ करोडभन्दा माथि बजेट ल्याउनु भयो। अरू क्षेत्रमा कति बजेट ल्याउनु भयो?

हाम्रो कुल बजेट ४४ करोड ६५ लाखको हो। यहाँ बजेटको भोलुम किन पनि बढेको छ भने गएको वर्ष कोरोना भाइरसको कारणले कतिपय योजनाहरु सम्पन्न हुन सकेनन् औषतमा ७५ प्रतिशत मात्र प्रगति हासिल गरेकाले त्यसबाट दायित्व सरेर आउने भएकाले रु.१९ करोड ३४ लाख तोकिएर आएको शिक्षा स्वास्थ्य, लघुवित्त विकास कार्य, युवासँग सम्बन्धित युवा

रोजगार २५ करोड ३१ लाख लाई विनियोजन गर्नु पर्ने, तर पुजिगत खर्च कोष, समग्र कोष, विशेष कोष रोजगार कोष भनेर खडा गरेको त्यसमा जम्मा रु.८० लाख विनियोजन गरेका छौ। यस्तै कृषि, पर्यटनमा रु.२ करोड ५० हजार, पूर्वाधारमा रु.६ करोड ४८ लाख ५८ हजार, वातरण तथा विपद्को क्षेत्रमा रु.८३ लाख, सुसाशनको क्षेत्रमा रु.१ करोड ८५ लाख, अनि चालु खर्च रु.४ करोड २० लाखको व्यवस्थापन गरिएको छ।

यसअघि नै सञ्चालित एक वडा एक खेलमैदान कार्यक्रम चाँहि के हुन्छ?

यो कार्यक्रम अझै पनि जारी  छ। ३ नम्बर र ४ नम्बरमा उपयुक्त ठाउँमा जग्गा नभएकाले खेल मैदान निर्माण गर्न सकिएको छैन। वडा नम्बर ५ मा सुविधा सम्पन्न खेल मैदान रहेको छ। वडा नम्बर १ मा  बस्कु, वडा नम्बर २ मा देउपुजे र धुनिचौर खेल मैदान गरी २ वटा खेल मैदान छ। प्रदेश सरकारको पहाडी खेल मैदान निमार्ण बजेटबाट काम भइरहेको छ।

गाउँपालिकामा भए गरेका काम कारबाहीप्रति सन्तुष्ट हुनुहन्छ?

गाउँपालिकाले बजेट व्यवस्थापन गरेको, प्रदेश सरकारबाट प्राप्त भएका, गाउँपालिकाको अपनत्व भएका कुरामा सन्तुष्ट छौँ।

स्थानय तह आएपछि युवाहरुलाई समेटने कार्यक्रम आएन भन्ने गुनासो व्यापक रुपमा आएका छन नि?

कोही युवा काम गर्नको लागि पैसा नभएको भनेर बोल्ने काम गर्छन् तर हामीले बारम्बार काम गर्न चाहने इच्छुक व्यक्तिलाई आउनुस् भनेर सञ्चार माध्यमहरुमा पनि बारम्बार भनिरहेका छौँ। काम नभएका चिया गफ गर्दै होटलमा बस्ने, अरूको कुरा काटेर बस्नेहरुको लागि भने कुनै काम हुँदैन। उनीहरूलाई कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन। कृषि पेशामा लागेका बाख्रा, कुखुरा पाल्ने, खेती किसानी गर्ने, खाडी बुन्ने युवाको लागि गाउँपालिकाको पूरै सहयोग रहने छ।

चालु र्षमा के के काम पूरा गर्ने लक्ष्य छ?  

यो बर्ष कोरोनाको स्थिति साम्य भएको खण्डमा मुख्य सडकहरुमा सडकको स्तर वृद्धि गर्ने, बाह्रै महिना सञ्चालन गर्नको लागि मोटरेवल पुल सम्पन्न गर्ने, ट्रयाक ओपनको काम सक्ने र सबैतिर स्तरोन्नति गर्ने अनि समयमा नै योजनाहरु सम्पन्न गर्नेछौं।

यो वर्षको बजेटलाई सोच विचारका साथ कार्यान्वयन गर्छौं। विगत वर्षमा योजना भयो कर्मचारी थिएनन्। नीति नियम थिएन। अब हामीसँग केही कुराको खाँचो छैन। जनताले महशुस गर्नेगरी काम गर्नेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.