|

काठमाडौं : श्रीलंकामा सम्पन्न संसदीय चुनावमा राजपाक्षे दाजुभाइको श्रीलंका पिपुल्स फ्रन्ट पार्टी (एसएलपीपी)ले दुई तिहाई मत ल्याएको छ । 

राष्ट्रपति गोटबाया राजपाक्षे र प्रधानमन्त्री एवम् पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेको उक्त पार्टीले संसदमा दुई तिहाई मतसहित जित हासिल गरेर पुनः सरकार सञ्चालनको म्यान्डेड प्राप्त गरेको बीबीसीले जनाएको छ। 

गत नोभेम्बर महिनामा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका महिन्दा राजपाक्षे पुनः मुलुकको प्रधानमन्त्री बन्ने भएका छन्। राजापाक्षेको एसएलपीपी पार्टीले संसदका २ सय २५ सिटमध्ये १४५ सिटमा जित निकालेको छ। 

साथै पाँच सिट एसएलपीपी पार्टीको सत्ता साझेदार पार्टीलाई प्राप्त भएको छ। श्रीलंकामा बुधबार मतदान भएको थियो।  एसएलपीपीले ९ महिनाअघि राष्ट्रपतिय चुनाव जितेको थियो। उक्त चुनावपछि १८ नोभेम्बरमा गोटबाया राजपाक्षेले राष्ट्रपतिको शपथ लिएका थिए। 

विगत २ दशकमा श्रीलंकाको राजनीतिमा राजपाक्षे परिवारको दबदबा छ। महिन्दा राजपाक्षे यसअघि सन् २००५ देखि २०१५ सम्म त्यहाँको राष्ट्रपति रहेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.