|

काठमाडौं : सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन्। दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन्। डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको हो।

सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद हुन्।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।

अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेसम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए। पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.