|

काठमाडौं :  न्युरोडमा व्यापार गर्ने दुईजना कपडा व्यापारीमा कोरोना देखिएपछि उतरतर्फका पसलहरु बन्द भएका छन्। दुईजना व्यापारीमा कोरोना कोरोना देखिएपछि वडा कार्यालयले यस्तो निर्णय लिएको हो। 

व्यापारीमा कोरोना देखिएपछि पसल वरिपरी र व्यापारी छेउका पसलहरु बन्द गरिएको काठमाडौं महानगरपालिकाका वडा २२ का वडाअध्यक्ष चीनीकाजी महर्जनले बताए। उनले भने, 'अहिले दिउँसोदेखि त्यस आसपासका पसलहरु बन्द गरिएको छ।'

पसल वरिपरी रहेका र छेउछाउका मानिसहरुको कन्ट्रयाक ट्रेसिङ गर्न महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सम्पर्क गरिरहेको उनले जानकारी दिए।

संक्रमितमध्ये एक व्यापारी न्युरोडमा बस्ने र अर्का मनमैजुमा बस्ने गरेको पनि उनले जानकारी दिए। आजदेखि वा भोलिदेखि त्यस क्षेत्रको कन्टयाक ट्रेसिङ सुरु गरिने उनको भनाइ छ।

'त्यस क्षेत्रका तीन सयदेखि ४ सय मानिसको परीक्षण गरिन्छ,' उनले भने,' यस क्षेत्रमा अर्को निर्णय नभएसम्म पसल खोल्न अनुमति दिइँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.