क्‍वारेन्टाइन र आइसोलेसन बढाउन सरकारलाई आग्रह

|

काठमाडौं : काठमाडौंका तीनवटै जिल्ला प्रशासन कार्यालय आइतवारदेखि आगामी १५ दिनका लागि सटडाउन गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड जम्मा हुन थालेपछि यस्तो निर्णय लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले थाहाखबरलाई बताए।

'तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले तीनवटै जिल्लाका सिडिओ कार्यालयका अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका छौं', दाहालले भने, 'कोरोना तीव्र रुपमा फैलिँदै गएपछि भीड बढाउन नहुने नेपाल सरकारको आदेश कार्यान्वयन यस्तो निर्णय लिएका हौं। आगामी १५ दिनसम्म यी तीनै कार्यालय 'सटडाउन' गरेका छौं।'

दाहालले सेवाग्राहीको भीड हुने अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा पनि यही नियम लागू गरिने बताए। उनले सरकारको निर्देशन अनुसार भीड जम्मा हुन नदिन तीनै जिल्लाका सबै कार्यालयलाई निर्देशन गरिएको बताएका छन्।

प्रजिअ दाहालका अनुसार काठमाडौंका कोरोना संक्रमित फैलिँदै गएपछि क्‍वारेन्टाइनको संख्या बढाउने पनि निर्णय भएको छ। 'दिनदिनै कोरोना संक्रमित बढ्दै गइरहेका छन्। यो अवस्थामा क्‍वारेन्टाइनको संख्या पनि बढाउन सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ। चालु अवस्थाका क्‍वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्न पनि सिसिएमसीलाई अनुरोध गर्ने निर्णय भएको छ।'

पछिल्लो समय काठमाडौंमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको छ। बुधबार काठमाडौं उपत्यकामा १०२ संक्रमित भेटिएका थिए भने बिहीबार ६२ जना भेटिएका थिए। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले भीड बढाउने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.