काठमाडौं : संघीय राजधानी उपत्यकामा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कठोर हुने संकेत गरेको छ। शुक्रबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक स्थान, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा भीड जम्मा हुन नदिन कठोर कदम चाल्ने निर्णय गरेको हो।
'कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। अब जथाभावी हिँडडुल गर्ने र भीड बढाउनेलाई ठाउँको ठाउँ कारवाही गर्छौं', उनले भने, 'जरिवानासहित आवश्यकता अनुसार अवस्था हेरेर कैदसम्मको सजाय गर्न सक्ने गरि कदम चाल्दैछौँ।'
दाहालले सरकारी तथा गैरसरकारी कार्यालयसँगै व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखानाको पनि कडा निगरानी गरिने बताए। 'व्यापारिक प्रतिष्ठानले पनि नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेमा कारवाही थाल्छौं', उनले भने, 'सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन आजैदेखि कडिकडाउ हुन्छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल उद्योगहरूले पनि पालना गर्नुपर्छ। यसतर्फ सबैले ध्यान दिऊन्।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।