|
फाइल फोटो

काठमाडौं : ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार मृत्यु हुनेमा ४१ वर्षीया महिला छन्। मृतक महिला रुपन्देही सुनौलीको रहेकी डा. शर्माले बताए।

यसअघि हिजो बेलुकी पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.