|

काठमाडौं :  राष्ट्रियसभाका चारवटै समितिका सभापतिहरू दोस्रो कार्यकालको लागि पनि निर्विरोध निर्वाचित भएका छन्। आज शुक्रबार भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन्।

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूले अघिल्लो कार्यकालमा रहेको सदस्यहरूलाई नै दोस्रो कार्यकालको लागि पनि निरन्तरता  दिने सहमति गरेका थिए। तर, राष्ट्रियसभा नियमावली २०७५ अनुसार प्रक्रिया पूरा गर्नुपर्ने भएकोले आज निर्वाचन भएको थियो।  

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.