काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। त्यस्तै, २४ घण्टामा ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।