|

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा मानिसहरु जम्मा हुने कुनै पनि किसिमका गतिविधि नगर्न भनेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन्। 

'कोरोनाको संक्रमण फैलिँदै गएको छ। यस्तो अवस्थामा कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालय र निकायबाट गोष्ठी, भेला, सेमिनार जस्ता कार्यक्रम नगर्नू', उनले भने, 'यसले कोरोना फैलिने उच्च जोखिम रहेको छ। त्यसैले यस्ता कार्यक्रमहरु भर्चुअलरुपमा गर्नू।'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.