देशभर ज्यान गुमाउनेको संख्या ७०

|

काठमाडौं : नेपालमा कोरोना भाइरसका लक्षणसहितका बिरामीहरु बढ्दै गएका छन्। सरकारले चैत ११ देखि गरेको लकडाउन साउन ६ गते खोलेसँगै नेपालमा कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। 

पछिल्लो २४ घण्टामा नेपालभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा मात्रै १०६ जना नयाँ संक्रमित भेटिएका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा नयाँ संक्रमित भेटिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार सक्रिय संक्रमित बढ्दै जाँदा बिरामीहरुलाई आइसियु र भेन्टिलेटरमा समेत राख्‍नु परेको छ।

गौतमका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्‍नु परेको छ।

गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताए। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ। अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताए।

उनले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा कोभिड-१९ क्लिनिक पनि सञ्‍चालनमा रहेको बताएका छन्। गौतमले शुक्रबारसम्म कोरोनाबाट ७० जनाको ज्यान गइसकेको जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.