बाँके : बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
शुक्रवार ४ बजेसम्म तीन सय १२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। तीमध्ये बाँकेका ४९ जना रहेको उनको भनाइ छ।
शुक्रबार फेला परेका संक्रमितमध्ये अधिकांश नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा रहेको बताइएको छ। अधिकांश क्वारेन्टाइनका हुन्, तर नेपालगन्ज बजारका केहीमा पनि कोरोना पुष्टि भएको उनले स्पष्ट पारे।
यसैबीच, बाँकेका धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि शनिबारसम्म जारी निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ। कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय मंगलबार रातिसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।