|

काठमाडौं : कोरोना आशंका भई परीक्षण गराउनेहरूले रिपोर्ट नआएसम्म सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। केही दिनदेखि कतिपय व्यक्तिहरूले आफूलाई कोरोना शंका गरी परीक्षण गराउनेको संख्या बढिरहेको छ।

कोरोना परीक्षणको लागि पिसिआर गरी आएका जो कोहीले घरमै बसी सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

गौतमले भने,'यदि तपाईंको परीक्षण रिपोर्ट पोजिटिभ आयो र तपाईले सावधानी नअपनाउनु भएको भए तपाईले सम्पर्क गर्नुभएका र तपाईंसँग सम्पर्कमा आएका व्यक्ति, समूह एवम् समाजमा संक्रमण भएको हुन सक्छ।'

घर, अफिस, मेलापात, भेटघाट जहाँ आफ्नो सक्रिय जीवनयापन गरिरहनुभएको छ जनस्वास्थ्यको मापदण्ड अपनाउनलाई उनले आग्रह गरे। सामाजिक दूरी कायम गर्ने, मास्क सही रूपमा प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने जस्ता क्रियाकलापहरू गर्न पनि उनले सुझाव दिए।

'कोभिड १९ एउटा पाण्डेमिक भाइरस हो। यसको संसारमा कहीँ कतै पनि अझैसम्म उपचार हुने औषधि पत्ता लागेको छैन,' उनले भने,' अतः संक्रमण रोकथामका लागि सावधानी अपनाउनु नै महत्वपूर्ण प्रभावकारी उपाय हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.