|

काठमाडौं : सरकारले तोकेभन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘विध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुविधा अपनाएको छ। अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन। ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनै पनि माध्यमबाट अनलाइन भुक्तानी गरेमा थप २०० रुपैयाँ छुट हुने जनाइएको छ।

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ विधि ल्याबका सञ्‍चालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ। अन्य अनलाईन सेवा प्रदायकसँग समेत सहकार्य गर्ने तयारी रहेको छ।  जसबाट रकम भुत्तानी गर्दा  सेवा ग्राहीले थप २०० क्यास व्याग पाउनेछन्।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ। अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन् भने स्वाबसमेत विध ल्यावले संकलन गरेका ४३०० तिरे पुग्नेछ।

यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ। विध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ।  साउन १३ देखि  यसले कोभिड ल्याब सञ्‍चालनको अनुमति पाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.