|

सर्लाही : जिल्लामा करिब १५ हजार हेक्टर जमिनमा लगाएको धानको बोट गलेको छ। निरन्तर परेको पानीले धानखेत नै डुबेको हो। ‘रोपाइँ भएर जरा लाग्न नपाउँदै निरन्तर वर्षाका कारण डुबानमा पर्दा प्रायः सबै बोट गलेको छ। पातलो भएको भागमा फेरि रोपाइँ गरियो, तर थपेको बोट पनि गलेर म¥यो,’ बसबरिया ३ का अक्लु सिंले चिन्तित हुँदै भने।

जिल्लाको दक्षेणी भेगमा बढी क्षति भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देबानन्द रायले जानकारी दिए। उनका अनुसार रोपाइँ भएको केही दिनमै जमिन डुबानमा पर्दा पानीले धान गल्ने गर्छ। 

धानलाई गल्नबाट जोगाउन सकेसम्म छिटो खेतबाट पानी निकास गरी खेतलाई सुक्खा बनाउनुपर्ने प्रमुख रायको सल्लाह छ। जथाभावी रुपमा निकास बिनाको सडक बनाउँदासमेत पानीले धान गलाउने गरेको छ। 

पानीको नियमित बग्ने ठाँउलाई अग्लो बाटो र प्लटिङ गरेर बाटो परिवर्तन गर्दा समेत खेतमा एकै ठाउँबाट जाँदासमेत पानी धेरै भएर धानबालीमा क्षति पुगिरहएको स्थानीयको भनाइ छ। 
यस्तो बेलामा साविकभन्दा छिटो धानले गाँज हाल्ने औषधि प्रयोग गर्न कृषि प्राविधिक सुझाउँछन्। सर्लाहीमा करिब ४६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.