|

जनकपुरधाम : प्रदेश २ मा आज ३१ महिलासहित १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी पर्सामा १ सय ३३ जनामा कोराना पुष्टि भएको छ। 

जसमध्ये जिल्ला प्रहरी कार्यालय वीरन्जका ४५ जना छन्। यस्तै वीरगन्ज महानगरपालिकाका ४२ जना र वीरगन्जकै सिरिसिया टोलका मात्रै २७ जना छन्। वीरगन्ज चिनीमिलका २ महिला र २ पुरुष कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ। 

यस्तै वीरगन्ज कारागारमा थप २ जना संक्रमित थपिएका छन्। नेसनल मेडिकल कलेज वीरगन्जका ३० वर्षीय पुरुष, श्रीपुर आर्मी व्यारेकका ५ जना र भेटनरी अस्पताल वीरगन्जका समेत १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सप्तरीमा १८ जना, धनुषामा १० जना, सर्लाहीमा ९ जना, बारामा ५ जना, रौतहटमा ४ जना र सप्तरीमा १ जना कोरोना संक्रमित थपिएका छन्। धनुषाका १० जनामध्ये ७ जना जनकपुरधाम उपमहानगरपालिकाकै छन्। 

प्रदेश २ का विभिन्न आइसोलेसनबाट ४९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए। उनका अनुसार निको भएकामध्ये ९ जना महिला छन्।

प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या २५ पुगेको छ। जसमध्ये ५ महिला छन्। सबभन्दा बढी पर्सामा कोरोनाले १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.