|

सिन्धुपाल्चोक : दलहरुको गैरजिम्मेवारीका कारणले गर्दा जिल्ला विकास समिति सिन्धुपाल्चोकमा थुप्रै फलामे पोल थन्किएका छन्। जिल्लावासी भने अस्थायी पोलको सहायतामा जोखिमयुक्त तरिकाले बिजुली बाल्न बाध्य छन्।

अस्थायी रुपको स्थानीय काठका पोललाई बिस्तारै हटाउने योजना अनुसार जिविसको आन्तरिक स्रोतबाट यी फलामे पोल खरिद गरिएको स्थानीय विकास अधिकारी कृष्ण बहादुर शाहीले बताए। उनका अनुसार आवश्यकताको मुल्यांकन गरी जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका सबै गाविस र नगरपालिकालाई पोल वितरण गर्ने तयारी भएको थियो। तर, राजनीतिक दलहरुको विवादको कारणले वर्ष दिनदेखि पोल जिविसमा अलपत्र परेका छन्।

शाहीका अनुसार एक महिनाअघि मात्रै जिल्ला पार्टी प्रमुख एंव प्रतिनिधिहरु सहित त्यस क्षेत्रका संसाद समेतको संलग्नतामा पोल आवश्यक पर्ने स्थानको पहिचान गर्ने सहमति भएको थियो। तर अहिलेसम्म जिल्लाका ३ वटै निर्वाचन क्षेत्रले कुन-कुन ठाउँमा पोल आवश्यक पर्छ भन्ने विषयको पहिचान गरेर निर्णय ल्याउन सकेका छैनन्।

सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि धेरै विद्युतीय धराप खडा भएका छन्। भूकम्पमा क्षतविक्षत भएका पोल र विद्युत ट्रान्फर्मर अझै जडान गर्न सकिएको छैन। भूकम्प गएको २२ महिना बितिसक्दा समेत गाउँघरमा हुक गरेर लापरबाही ढंगले चलेका लाईन काट्न विद्युत प्राधिकरणले कुनै पहल कदमी उठाएको छैन। जसले गर्दा करेन्ट सट भएर पटक-पटक मानविय दुर्घटना भैसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.