अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन्।
फाउची उनै हुन्, जसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स सदस्यमा नियुक्त गरेको छ। तर, महामारी नियन्त्रणका लागि सजगता सुझाव दिँदा राष्ट्रपति डोनाल्ड ट्रम्प उल्टै फाउचीमाथि खनिने गरेका छन्।
खोप बनेपनि सार्वजनिक स्वास्थ्य सजगता अपनाइरहनुपर्ने डा. फाउचीले बताएका छन्। महामारी नियन्त्रणका लागि खोपमा मात्रै भर पर्न नसकिने उनको दावी छ। 'अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भन्नेबारे केही थाहा छैन,' फाउचीले भनेका छन्।
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ। त्यहाँ हालसम्म ४९ लाख ४० हजार ९३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ६१ हजार ३२८ जनाको ज्यान गइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।