|

सल्यान : कोरोना महामारी फैलिरहँदा मास्क नलगाई हिँड्नेबाट सल्यान प्रहरीले एक लाख ४० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यसबीचमा मास्क नलगाएका एक हजार चार सय यात्रुलाई कारबाही गरेको सल्यान प्रहरीले जानकारी दिएको छ।

सरकारले महामारी नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलो पारेपछि घरबाहिर आवतजावत गर्दा मास्क लगाउन प्रहरीले अनिवार्य गरेको छ। मास्क लगाउन गरिएको आग्रह अवज्ञा गर्नेलाई प्रहरीले एक सय रुपैयाँ जरिवाना लगाउँदै आएको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार असार २७ गते यतामात्रै मास्क नलगाई बाहिर निस्किएकाहरुबाट १ लाख ४० हजार १ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। मास्क नलगाई बाहिर निस्किएकालाई कारवाही सहित निःशुल्क मास्क दिने गरेको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोग ऐन अनुसार कारवाही गरिएको उनको भनाई छ । उनले भने, ‘मास्क नलगाई बाहिर आउनेलाई तत्काल सचेत बनाउँछौ अटेर गरे कारवाहीमा दायरामा ल्याउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.