|

काठमाडाैं। नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो। 

उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र निमोनियाका बिरामी थिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ।

आज देशभर ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेका छन।

शनिबार देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेश १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७९, कर्णाली प्रदेशमा १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३८ गरी आजसम्म १६ हजार ३ सय १३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्।

शनिबार पिसिआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ।

देशभरका क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन्। प्रदेश १ मा २ हजार २ सय ४९, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना क्वारेन्टिनमा रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वरेन्टाइनमा रहेका उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.