|

इलाम : च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने टोली आजको खेलले टुङ्गो लगाउँदै छ। नेपाली समय अनुसार राति १२ : ४५ बजे हुने प्रि-क्‍वाटरफाइनलको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान नाउ क्याम्पमा सिरिए क्लब नापोलीको सामना गर्दैछ। 

त्यही समयमा बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिख र प्रिमियर लिग क्लब चेल्सी आमनेसामने हुँदै छन्। अन्तिम ८ मा स्थान बनाउन नापोलीलाई जित्नै पर्ने र चेल्सीलाई पुनरागमनको खाँचो छ। 

पहिलो लेगमा घरेलु मैदान सान पाउलोमा १-१ गोलको बराबरी खेलेको नापोलीका लागि जित अनिवार्य देखिन्छ। यता बार्सिलोनालाई गोलरहित बराबरी नतिजा नै अन्तिम ८ मा पुग्न पर्याप्त हुनेछ। प्रतिबन्धका कारण आर्टुरो भिडाल र सर्जियो बुस्क्वेट्स बार्सिलोनाको  टोलीमा हुने छैनन्। 

तर डच मिडफिल्डर फ्रेन्क डी जोङ, फ्रान्सेली फरवार्ड एन्टोइ ग्रिजम्यान टिममा रहनेछन्। क्लेमेन्ट लेङलेट, एन्टोनी ग्रिजमेन र बी टिमबाट आएका रोनाल्ड आरोउजो चोटसंग जुधिरहेका छन्। 

उनीहरुलाई खेल्नका लागि फिट मानेर प्रशिक्षक किके सेटिनले टिममा राखेका छन्। लियोनेल मेस्सी, लुइस सुआरेज, अन्सु फाती, जेरार्ड पिके, जोर्डी अल्वा, इभान राकिटिच, सर्जियो रोबर्टो, जुनियर फिर्पो र गोलरक्षक मार्क टेर स्टेगन टोलीमा रहने बार्सिलोनाले जनाएको छ। 

नापोलीका लोरेन्जो इन्सिग्ने पुर्ण रुपमा फिट नभए पनि टिमको महत्वपूर्ण खेलाडी रहेकाले खेल्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। पहिलो लेगमा गोल गरेका ड्राइज मर्टेन्स चोटबाट फर्केपनि दोश्रो लेगमा टिममा पर्ने सम्भावना कम रहेको बताइएको छ। 

नापोलीका लागि डेभिड ओस्पिना, ड्रिएस मेर्टिन्स, जोस मारिया कालेजोन, पियोट जेलिन्स्की, फावियन रुइज पेना, मारियो रुई, जियोभानी डि लोरेन्जो र कोस्टास मेनोलास लगायतका खेलाडीहरु बार्सा विरुद्धको खेलमा हुने अनुमान गरिएको छ। 

युइएफको प्रतियोगिताको यी दुई टोलीबीच एक पटक प्रतिस्पर्धा भएको छ। जुन खेल जारी सिजनको पहिलो लेग हो। नापोलीले यसअघिका २ वटै च्याम्पियन्स लिगको अवे म्याचमा पराजय भोगेको छ। मार्च २०१२ मा चेल्सीसँग ४-१ ले हारेको टोली फेब्रअरी २०१७ मा रियल मड्रिडसँग ३-१ ले पराजित बन्यो।

पछिल्लो १० च्याम्पियन्स लिगको म्याचमा नापोलीले एक जीत मात्रै निकाल्न सफल भएको छ। अक्टोबर २०१९ मा बुल साल्र्जसबर्ग विरुद्ध नापोलीले जित निकालेको थियो। जारी सिजनको ३ वटै अवे म्याचमा नापोली अपराजित रहेको छ। जसमा एक जित र २ बराबरी समावेश छ। बार्सिलोना घरेलु मैदानमा लगातार ३५ खेलमा अपाराजित रहेको छ। 

जसमा ३१ जित र ४ बराबरी समावेश छ। जर्मन क्लब बार्यन म्युनिखपछि च्याम्पियन्स लिगमा सबैभन्दा लामो समय अपराजित रहने दोश्रो टोली बार्सिलोना रहेको छ। बार्यन १९६१ देखी १९९१ बिचमा घरेलु मैदानमा सबैभन्दा लामो समयसम्म अपराजित बनेको थियो।  

च्याम्पियन्स लिगको अर्को खेलमा दबावबीच चेल्सी मैदान उत्रँदै छ। पहिलो लेगमा बायर्नविरुद्ध ३-० ले पछि परेको चेल्सीलाई अन्तिम ८ मा स्थान बनाउन कम्तीमा ४ गोल अन्तरको जित आवश्यक देखिन्छ। 

चेल्सीका ब्राजिलियन फरवार्ड विलियनको फर्म र फ्रान्सेली एन्गोलो कान्टेको पुनरागमन टिमका लागि सकारात्मक छ। एफएकप फाइनलसमेत नखेलेका विलियन टिममा रहने सम्भावना कम देखिएको छ। 

अघिल्लो लेगमा राता कार्ड पाएका मार्कोस अलन्सो र एफए कपमा चोट बोकेका क्रिश्चियन पुलिसिच र टिम कप्तान तथा गोलरक्षक सेजर अज्पिलिक्वेटा टिममा देखिने छैनन्। बार्यनको लागि गोलरक्षक म्यानुएल नुयर, थोमस मुलर, जेरोमी बोएटिङ, लियोन गोरेट्ज्का, थियागो आलाकान्तरा, जोसुवा किम्मिच लगायतका खेलाडी हुनेछन्। 

कम्तीमा बराबरी र सानो अन्तरको हारेले पनि बार्यनको यात्रामा धक्का पुग्ने छैन्। बार्यन सन् २००५ पछि पहिलो पल्ट दोश्रो लेगको खेल घरेलु मैदानमा चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्दैछ। 

सन् २००५ मा पहिलो लेग ४-२ ले जितेको चेल्सी दोश्रो लेगमा ३-२ ले पराजित बनेको थियो। जहाँ दुवै लेगमा चेल्सीका लागि सुरुवाती गोल हालका टिम मेनेजेर फ्रेन्क लाम्पार्डले गरेका थिए। 

पछिल्लो पटक यी दुई टोलीबीच २०१२ को च्याम्पियन लिगको फाइनलमा बार्यनको घरेलु मैदान एलियन्ज एरेनामा भएको थियो। निर्धारित समयमा १-१ बराबरी भएपछि पेनाल्टी सुटआउटमा चेल्सी बिजयी बन्यो। 

च्याम्पियन्स लिगको पछिल्लो ७ अवे खेलमा चेल्सीले जित निकाल्न सकेको छैन्। उसले ४ बराबरी र ३ हार व्यहोरेको छ। पछिल्लो अवे जितको रुपमा सन् २०१२ मा बेनिफिकाविरुद्ध १-० रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.