अधिकांश माग पूरा गर्न सरकार तयार

|

काठमाडाैं : २२ दिनपछि 'इनफ इज इनफ'का अभियन्ता ईःले भोलि आइतबार अनशन तोड्ने भएका छन्। आइतबार बिहान मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ।  

'सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन हुने भएकाले आइतबार औपचारिक सम्झौता हुन्छ,' ‘इ’ अभियन्तामध्येकी एक अग्रिमा केसीले थाहाखबरलाई यसबारे जानकारी दिइन्।आफूहरुले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेकाे उनले जानकारी दिइन्। साथै उनले भाेलि बिहान ८ बजे इ: ले अनशन ताेड्ने पनि उनले बताइन्।

१०० प्रतिशत पिसिआर, सरकारले कोरोना रोकथामका लागि गरेको खर्चबारे सबै जानकारी पाउनुपर्ने लगायत माग राखेर २२ दिनअघिदेखि अभियन्ता अनशनरत थिए। यसअघि पनि सरकारसँग अभियन्ताहरुले संवाद गरे पनि आफ्नो अडान कायमै राख्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.