शनिबार ११ जनामा संक्रमण पुष्टि

|

धनगढी : सुदूरपश्चिममा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय २० पुगेको छ। 

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ र नेपाल कोरियामैत्री अस्पतालमा भएको परीक्षणमा १ गरी शनिबार ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ३ जनामा, कैलालीका ४ जनामा, डडेल्धुरा अस्पतालको प्रयोगशालामा बझाङका ३ जनामा कोरोना पुष्टि भएको छ। 

नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका १ जनामा पुष्टि भएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका चार पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई पुरुष र भीमदत्त नगरपालिकाका–११ का एक पुरुषमा कोरोना पुष्टि भएको हो। 

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा बझाङको केदारस्यु गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय तीन पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ सय ७८ जनाको स्वाब परीक्षण गरिएको थियो। सुदूरपश्चिममा हालसम्म संक्रमण पुष्टि भएकामध्ये ३ हजार ९ सय ३८ जना डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.