|

कपिलवस्तु : चियाले पोलेर कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक वर्षीया बालिकाको शनिबार मृत्यु भएको छ।  दिउँसो ५ बजे गुलाम मुसलमानकी एक छोरी सोफियालाई चियारले पाेलेपछि कपिलवस्तु अस्पतालमा उपचारका लागि ल्याइएको थियो। 

शुद्धोदन गाउँपालिका लवनी घर भएका गुलामले मैनिहवामा आल्मुनियम पसल चलाउँदै आएका छन्। पसलमा आमा निशाले चिया खाइरहेका बेला छोरीले तान्दा छातीमा तातो चिया पोखिएको थियो। चियाले पोलेपछि बालिकालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोे गुलामाले बताए।

अस्पतालमा पुर्‍याइएकाे केही बेरमै छोरीको मृत्यु भएको थियो। उपचारमा अस्पतालको इमर्जेन्सी फाँटका कर्मचारीले गम्भीर लापरबाही गरको गुलामले आरोप लगाएका छन्। ‘सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिजन नै नदिइएककाे उनले आराेप लगाए। उनले भने, 'मलाई औषधि लिन पठाए, खाएको केही बेरमै छोरीको मृत्यु भयो।’

स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीले प्रशासन कार्यालयमा साझ विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सत्य छानबिन गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्।

अहिले अस्पतालमा सुरक्षाका लागि प्रहरी खटिएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बालिकाको उपचारमा लापरबाही नभएको बताए। जलेको बालिका भन्दा गम्भीर अवस्थामा रहेका बिरामीको स्वास्थ्यकर्मीले उपचार गरिरहेको बेला घाइते बालिकालाई अस्पताल ल्याइएको उनले बताए। घाइते बालिकालाई मलम लगाउने,औषधि दिइएको र उक्त औषधिले बालिका गम्भीर नभएको उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.