|

चितवन : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका दुई प्रहरी र एक थुनुवामा कोरोना पुष्टि भएको छ। बिदामा बसेका इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक प्रहरी र जिल्ला प्रहरी चितवनको हिरासतमा रहेका थुनुवामा कोरोना देखिएको हो। 

 जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार संक्रमित सबैलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुको कन्ट्याक्ट ट्रेसिङपश्चात जिल्ला प्रहरी कार्यालयका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

हिरासतमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको उचित रेखदेखका साथै तत्काल पिसिआर परीक्षण गरिने जनाइएको छ। हिरासतमा रहेका व्यक्तिहरुको कानुन व्यवसायी र परिवारको सदस्यबाहेक अन्य आगन्तुकसँगको भेटघाट बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.