|

काठमाडाैं : भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ४ सय ५३ पुगेको छ। जसमध्ये १७ हजार ३ सय ६७ जना महाराष्ट्रकै रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

त्यस्तै तामिलनाडुमा ४ हजार ८ सयभन्दा बढीको निधन भइसकेको छ। गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै २ सय ७५ जनाको निधन भएको भास्करले उल्लेख गरेको छ। यस्तै पछिल्लो २४ घण्टामा भारतभर ८ सय ७५ जनाको कोरोनाकै कारण निधन भएको छ। जुन विश्वमै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मानिसको ज्यान गएको देश हो। 

भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर निकै बढिरहेको छ। विश्वभर फैलिएको कोरोना महामारीबाट भारतभर २१ लाख ५२ हजारभन्दा बढीमा संक्रमण फैलिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.