|

काठमाडौं : बार्सिलोना र बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को जितसहित बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो। 

नाउ क्याम्पमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लियोलन मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुइस सुवारेजले गोल गरे।  यस्तै चेल्सीमाथि शानदार जित निकाल्दै बार्यन म्युनिख पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

गएराति भएको दोस्रो लेगको खेलमा ४–१ तथा समग्रमा ७–१ को जित निकाल्दै बार्यन क्वाटरफाइनल प्रवेश गरेको हो। योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल प्रवेशका लागि बार्साले बार्यनसँग साउन ३१ गते अर्थात् अगस्ट १५ मा खेल्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.