पर्सासहित तीन जिल्लामा थपिए ७५ संक्रमित
पर्सासहित तीन जिल्लामा थपिए ७५ संक्रमित
पर्सा : वीरगञ्जमा अस्पतालको चक्कर काट्दा काट्दै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ। वीरगञ्जस्थित कुनै पनि निजी अस्पतालले भर्ना गर्न नमानेपछि ज्यान गएकी युवतीमा कोरोना पुष्टि भएको हो।
नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो। मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
यसैगरी वीरगन्ज थप ७५ जनामा संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दूतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरुष र १५ जना महिला रहेका छन्। संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन्। संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ वर्षकी महिला समेत रहेका छन्। वीरगन्ज स्थित भारतीय दूतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको मेसु उपाध्यायले बताए।
त्यसैगरी वीरगन्ज वारुण नियन्त्रणका दुई पुरुष कर्मचारी , वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ वर्षदेखि ६८ वर्षसम्मका ४६ जना, पर्सा जिल्ला बहुदरमाई नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षदेखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिरा भवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ वर्षकी १ जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए।
त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ वर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ वर्षीय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका-६ निवासी २२ वर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ वर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए।
साउन १८ गतेदेखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।