चिउँडो, नाकमुनि, घाँटी र हातमा मास्क झुण्ड्याउनेकाे संख्या २७ प्रतिशत
चिउँडो, नाकमुनि, घाँटी र हातमा मास्क झुण्ड्याउनेकाे संख्या २७ प्रतिशत
काठमाडाैं : सरकारले काठमाडाैंमा काेराेना भाइरस बढ्न थालेसँगै यसकाे राेकथाममा विभिन्न उपाय अपनाउँदै आएकाे छ। जसअनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडाैंमाएकखाले सर्वेक्षण गरेकाे छ। सरकारले घाेषणा गरेकाे जनस्वास्थ्यसम्बन्धी मापदण्डअनुसार बनाइएकाे अवधारणामा रहेर परिषद्ले सर्वेक्षणकाे नतिजा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएकाे छ।
निष्कर्ष अनुसार जनस्वास्थ्य मापदण्ड यस्तो छ
परिषद्ले समाजिक दूरी, मास्कको उचित प्रयोग तथा सेनिटाजर र साबुन प्रयोगबारे सर्वेक्षण गरेकाे हाे। उसले अवलोकन विधि अपनाई सर्वेक्षण गरिएकाे बताएकाे छ। सर्वेक्षण व्यक्तिगत र संस्थागत गरी गरिएको परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले जनाए।
साउन १९ देखि २१ गतेसम्म परिषदले गरेको सर्वेक्षणका लागि ६ जनाको विज्ञ समूह गठन गरी अनसन्धान गरिएको जनाइएको छ। तथ्यांक संकलनका लागि ३९ जना दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।
यस सर्वेक्षण काठमार्डौ उपत्यकाभित्र पर्ने २३ वटा सार्वजनिक स्थानमा गरिएको जनाइएको छ। जसमा तरकारी बजार, सपिङ मल, सरकारी तथा निजी अस्पताल, बैंक, मालपोत कार्यालयल, सार्वजनिक यातायात, होटललगायतमा निरीक्षण गरिएको परिषद्का सदस्यसचिव ज्ञवालीले जनाए।
परिषदले ४ हजार ५ सय २ जनामा गरिएको परीक्षणमा सही तरिकाले मास्क लगाउनेको प्रतिशत ७२ रहेको ज्ञवालीले बताए। त्यस्तै सार्वजनिक यातायातमा पनि मास्क लगाउनेको संख्या पनि त्यति नै रहेको उनले बताए।
चिउँडोमा लगाउने, नाकमुनि लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा मास्क झुण्ड्याउनेको जस्ता मास्कको दुरुपयोग गर्नेको संख्या २७ दशमलव ३४ प्रतिशत रहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।