समाज

सर्लाहीमा लकडाउन कडा पारिने, अत्यावश्यकबाहेक सबै सेवा बन्द

साउन २५, २०७७

    सर्लाही। भोलि सोमबारबाट जिल्लाभर लकडाउन कडा पार्ने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) को (आज) आइतबार सदरमुकाम मलंगवामा बसेको बैठकले भोलि बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको कडाइका साथ पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको हो।

    परीक्षण दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दीलगायत स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदायस्तरमै संक्रमण फैलिसकेको (सीसीएमसी) को बैठकले ठहर गरेको छ। 

    कोरोनाको संक्रमण समुदायस्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा भोलि सोमबारबाट कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

    उनका अनुसार भोलिबाट अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ। खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद–बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषि कार्यबाहेक अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरूबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

    सर्लाहीमा साउन २१ गतेदेखि लकडाउन जारी छ। यस्तै (सीसीएमसी) को आजको बैठकले लकडाउन लम्ब्याएर साउन ३२ गतेसम्मका लागि पु¥याएको छ। बैठकले अबदेखि आरडिटीमा पूर्ण रुपमा रोक लगाउने, क्वारेन्टाइनमा बसेका व्यक्तिको ५ देखि ७ दिन पूरा भएपश्चात अनिवार्य रुपमा पिसिआर टेस्ट गराउने निर्णय गरेको प्रजिअ पौडेलले बताए।

    त्यसैगरी भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिलाई कडाइका साथ नियमन गर्ने निर्णय गरिएको छ। सर्लाहीमा कोरोना संक्रमणबाट मलंगवाकी एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]