कोभिड-१९ {अपडेट}

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, भारतमा थपिए ६२ हजार

एक कराेड २८ लाख बढी निको भए

साउन २६, २०७७

    काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। 

    पछिल्लो २४ घण्टामा २ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या २ करोड ९ हजार पुगेको हो।  पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी ६२ हजार संक्रमित थपिएका छन्। लगातार ठूलो संख्यामा संक्रमित थपिइरहेको भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार पुगेको छ।

    त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार १३ जनाको मृत्यु भएको छ। योसहित भारतमा कुल मृतकको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ। यस्तै अमेरिकामा ४७ हजार ८१४, ब्राजिलमा २२ हजार २१३, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ६ हजार ६७१ तथा मेक्सिकोमा ६ हजार ४९५ संक्रमित थपिएका छन्। 

    विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ३६० पुगेको छ। यस्तै एक करोड २८ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]