|

सल्यान : बालिका बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। 

१६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका-१ श्रीनगरका रोयल गेष्ट हाउसका सञ्चालक ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

साउन २३ गते करिब राती साढे ८ बजेको समयमा दारिमचौर जंगलको बाटोमा बलात्कार गरेको पीडित बालिकाबाट जानकारी प्राप्त भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। बालिकाको परिवारले शनिबार किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। 

होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युलाबाट पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.