|

साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको आम्दानी ७३ प्रतिशतले घटेको छ।

कोरोना भाइरस महामारीका कारण सवारीसाधन र उद्योगधन्दा नचल्दा अरामकोलाई आम्दानीमा झट्का लागेको हो। यस वर्षको दोस्रो त्रैमासिकमा सो कम्पनीको कमाईमा ७३ प्रतिशत गिरावट आएको बीबीसीमा उल्लेख छ।

महामारी नियन्त्रणका लागि विश्वभर लगाइएको प्रतिबन्धका कारण यो वर्ष तेलको माग र मूल्यमा भारी गिरावट आएको छ। विश्वमा खनिज तेलको खपत दशककै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ।

यो स्थिति साउदी तेल कम्पनीमाथि भारी परिरहेको छ। कम्पनीले यो वर्षमात्रै लाभांशबापत ७५ अर्ब अमेरिकी डलर भुक्तानी गर्नुपर्ने बताइएको छ। तर, विश्व बजारमा तेलको माग ह्वात्तै घट्दा अरामकोलाई आर्थिक व्यवस्थापन गर्न समस्या पर्ने देखिएको छ। तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आमीन नासिरले विश्व बजारमा तेलको माग बढिरहेको दावी गरेका छन्। 

साउदी अरबको राजस्व घाटा सन्तुलित राख्न अरामकोको लाभांशले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। अघिल्लो वर्षमात्रै शेयर मार्केटमा आएको अरामकोको शेयर २९.४ डलरमा बिकेको थियो।  तर आम्दानीमा गिरावट आएपछि अरामकोलाई पछि पार्दै अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा ठूलो पब्लिक कम्पनी बनिसकेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.