|

सल्यान : सल्यानमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्‌गा लागेर ५ जना घाइते भएका छन।

जिल्लाको सिद्धकुमाख गाउँपालिका-२, सालघारीमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्‌गाले लागेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार दिउँसो खेतमा लाने कुलो निर्माण गर्दै गरेका पाँच जनालाई माथिबाट झरेको ढुंगा लागेको हो। सिद्धकुमाख गाउँपालिका २ सालघारीकी ४५ वर्षीया सीता बस्नेत र १६ वर्षीय ओम कुमारी बोहरा गम्भीर घाइते भएका छन्‌।

घाइतेहरूलाई थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनका अनुसार बाँकी तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.