|

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी नगरपालिका २ का २५ वर्षीया दुरा धामीको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान तारा सिंह धामीलाई पक्राउ गरेको छ।

धामी आइतबार घरभित्रै मृत अवस्थामा दुरा फेला परेकी थिइन्‌। मृतकका माइती पक्षले ताराविरुद्ध इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए।

जाहेरीका आधारमा सिंहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताए। माइती पक्षले शनिबार राती भएको झगडामा दुरालाई ताराले निर्घात रुपमा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको जोहरीमा उल्लेख गरेका छन्‌। मृतकको शरिरमा निलडाम रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

तारालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ। मृतकको शव परीक्षण गर्न महाकाली अस्पतालमा लगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.