|

म्याग्दी : बेनी अस्पतालमा आइतबारदेखि डायलासिस सेवा सुरु भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको सेवाको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका हुन्।

डाइलासिस सेवाको उद्घाटन गदैं मुख्यमन्त्री गुरूङले अस्पतालमा बिरामीलाई आवश्यक पर्ने औषधि, उपकरण तथा जनशक्तिको अभाव हुन नदिने गरी सरकारले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधारको प्रयास गरेको बताएका छन्। 
‘बिरामीको आवश्यकताअनुसारको सेवा नहुने अस्पतालको अब काम छैन,’ उनले भने, ‘समस्या मात्रै देखाएर हुदैन्, समाधानका उपायहरुमा जुट्नुपर्छ।’ 

प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पु¥याउने गरी काम गरिरहेको बताउँदै स्वास्थ्य बिमा, हरेक जिल्लामा मिर्गौला पीडितको उपचारका लागि डाइलासिस सेवा, आइसियु सेवालगायत जनशक्ति व्यवस्थपन र भौतिक पूर्वाधार विकासका लागि काम गरिरहेको बताए।

सामाजिक विकासमन्त्री नरदेवी पुनले गण्डकी प्रदेशभित्र भएका मिर्गौला बिरामीमध्ये म्याग्दीमा अन्य जिल्लामा भन्दा बढी भएकाले प्राथमिकताका आधारमा बेनी अस्पतालमा हेमो डायलासिस सेवा विस्तार गरिएको बताइन्।

डाइलासिस युनिटमा दुई चिकित्सक, चार स्टाफ नर्स कार्यरत छन्। पहिलो चरणमा तीन शय्या तयारी अवस्थामा रहेको छ। छवटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भए पनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेकाले तीन वटाबाट सेवा दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.