समाज

छत खसेर कामदारको मृत्यु

साउन २६, २०७७

    कपिलवस्तु :  कपिलवस्तुको शिवराज नगरपालिका –१ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृत्यु भएको छ। 

    घर भत्काउँदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज ३ हचुवाका २६ वर्षका चिन्का चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। उनी शिवपुरमा रहेका विनोद कुँवरको पुरानो घर भत्काउने काम गरी रहेका थिए। छत खसे पछि चौधरी माथि परेको थियो। आइतबार दिउँसो करिब ४ बजे छतले च्यापेर घाइते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    मृतक चौधरीको बहादुरगञ्ज अस्पतालमा पोस्टमार्टम भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख दीपेश खरेलले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]