म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका-३ र ४ का स्थानीयवासीले सामुहिक श्रमदान गरी अवरुद्ध मोटरबाटो खुलाएका छन्।
पहिरोका कारण दुई सातादेखि अवरुद्ध रहेको मोटरबाटो मर्मतमा चासो नदेखाएपछि स्थानीयवासी आफैंले सडक मर्मत गरी सवारीसाधन सञ्चालनयोग्य बनाएका हुन्।
बेनी नगरपालिका र मंगला गाउँपालिकाका ३ र ४ वडा जोड्ने करिब २ किलोमिटर मोटरबाटो स्थानीयको सक्रियतामा मर्मत गरी यातायात संचालन गरिएको हो ।
अर्जेखोला (सान्तुङ्ग) देखि वडा कार्यलय सम्म मर्मत सम्भार गरिएको गतिशिल युवा क्लवका सचिव सुवाश श्रेष्ठले जानकारी दिए।
लगाता पानी परेपछि कच्ची मोटरबाटोका विभिन्न ठाउँमा पहिरो खसेको थियो। भलले सडक कटान गर्दा दुई साता अघिदेखि सो सडकमा यातायातका साधनहरु संचालन हुन सकेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।