|

काठमाडौं :  महानगरीय प्रहरी कार्यालय रानी पोखरीस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

हिजो गरिएको परीक्षणमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको मेट्रो प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शुसिलकुमार यादवले जनाकारी दिए। यादवका अनुसार दुई जना संक्रमितलाई प्रहरी अस्पताल र एक जनालाई कीर्तिपुरको आयुर्वेदिक अस्पताल पठाइएको छ। 
 
संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ। प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनु परे १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ। फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन्।

यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ। यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.