|

काठमाडौं :  अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि अनिश्चितकालको लागि विभाग बन्द भएको छ।

अध्यागमन विभागका कर्मचारीमा कोरोना पुष्टि भएपछि अध्यागमन विभागबाट हुने नियमित सेवा बन्द गरेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले थाहाखबरलाई बताए।

'विभागका कर्मचारीमा कोरोना पुष्टि भएपछि बन्द गरिएको हो,' प्रवक्ता तिवारीले भने,'सँगसँगै काम गर्ने ५ जना कर्मचारी होम आइसोलेसनमा छन्। सेवाग्राहीबाट कोरोना सरेको हुन सक्छ। केही दिनको लागि विभाग बन्द गरिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.